राजस्व छलेको अभियोगमा चार जनाविरुद्ध मुदा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७८, मंगलवार ०४:४०

काठमाडौं । राजश्व अनुसन्धान विभागले चार जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ । भन्सार छलेको आरोपमा विभागले सन्तोष चन्द्र वोख्रेल, शैलेश पन्त, रविन पाख्रिन र नारायणप्रसाद घिमिरेविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि ४ करोड ४६ लाअ ३७ हजार रुपैयाँ बिगो माग गर्दै उच्च अदातल पाटनमा मुद्दा दायर गरेको विभागले जनाएको छ । जसमध्ये सन्तोष चन्द्रलाई १ करोड ४७ लाख, शैलेष पन्तलाई १ करोड ४७ लाख, रविन पाख्रिनलाई १ करोड ४३ लाख र नारायण प्रसादलाई ७ लाख ८० हजार रुपैयाँ असुल उपर हुनुपर्ने बिगो दाबी गरिएको छ ।

चार जनाले भन्सार, अन्तशुल्क नियमावली, राजस्व चुहावट ऐन विपरित पैठारी गरी राजश्व छलेको आरोप लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१