डा. प्रकाशचन्द्र लोहनीले एफडीमा राखेको ४ करोडको व्याज कसरी पाए १२.०३ प्रतिशत ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७८, सोमबार ०५:०९

काठमाडौं । पूर्व अर्थमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी व्याज विवादमा मुछिने भएका छन् । डा. लोहनीले ग्लोबल आईएमई बैंकमा राखेको ४ करोड रुपैयाँ निक्षेपको व्याजदर बढी भएको कारण उनी व्याज विवादमा तानिने भएका हुन् ।

डा. लोहनीले ग्लोबल आईएमई बैंकको सुन्धारा शाखामा ४ करोड रुपैयाँ रुपैयाँ निक्षेप राखेका छन् । उनले फेब्रुअरी २७ तारिकमा बैंकमा त्रैमासिक रुपमा व्याज पाउने गरी १२.०३ प्रतिशत व्याजदरमा रकम राखेका हुन् ।

डा. लोहनीले २ वर्षका लागि सो रकम राखेका हुन् ।

अहिले बैंकहरुले मुद्दति निक्षेपमा (ग्लोबल आईएमई बैंकले पनि) वार्षिक अधिकतम ११.०३ प्रतिशत व्याज दिने सुचना प्रकाशित गरेका छन् । बैंकहरुले प्रकाशित सुचनाको भन्दा बढी व्याज दिन पाउँदैनन् ।

तर, बैंकहरुले रेमिटान्स खातामा भने वार्षिक १२.०३ प्रतिशतसम्म व्याज दिन पाउँछन् । डा. लोहनीले पनि १२.०३ प्रतिशत नै व्याज पाउने गरी रकम राखेका छन् । तर, उनले रेमिटान्स खातामा रकम राखेका होइनन् ।

बैंकहरुले ११.०३ प्रतिशतभन्दा बढी व्याज दिन नपाउने समयमा तपाईले १२.०३ प्रतिशत व्याज कसरी पाउनु भयो भनेर हामीले उनलाई सोधका थियौं ।

‘म एउटा निक्षेपकर्ता हूँ, निक्षेपकर्ताले बढी व्याज खोज्ने नै हो, कतिसम्म व्याज दिन पाइने भन्ने कुरा बैंकको हो,’ डा. लोहनीले  भने ।

४ करोड रुपैयाँ जम्मा भएपछि बैंकले डा लोहनीलाई दिएको पेपर डा लोहनीले नै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । पोष्ट भएको केहीबेरपछि उनले उक्त पोष्ट हटाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१