मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हेटौंडाका लामा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ फाल्गुन २०७८, सोमबार ०४:५७

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ घर भई हाल काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी प्रलोभन देखाई मृगौला झिक्नको लागि भारत लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा पुगेको महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट लामालाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीले दक्षिणकालीस्थित उक्त होटलबाट दुई जना पीडितहरुलाई उद्धार गरेको छ । लामालाई मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१