मुला खादा हुने १३ फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७८, आईतवार २०:३४

मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

यस्ता छन् मुला खानुको फाइदा :

– महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु लाभदायक हुन्छ ।
– मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ ।
– यसले छालामा भएका दाग वा पोतो निको पार्छ ।
– मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।
– मुलामा भिटामिन ’ए’ पनि पाइन्छ, त्यसैले यो आँखाकालागि फाइदाजनक छ ।
– जाडोयाममा बिहानपख नियमित मुला खाए वृद्घावस्थासम्म आँखाको ज्योति राम्रो हुन्छ ।
– नियमित मुला सेवन गर्नेहरुमा कहिल्यै आँखाका अन्य रोगले सताउँदैन ।
– गर्मीयाममा मुला सेवन गर्दा शरीरमा धेरै प्रकारको लाभ मिल्दछ ।
– मुलाको सेवनले हरेक प्रकारको पाइल्स हटाउन लाभदायक मानिन्छ ।
– मृगौलाको खराबीले पिसाब बन्न बन्द भएमा मुलाको रस सेवन गर्दा लाभदायी हुन्छ ।
– मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुन्छन् ।
– यसको सेवनले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ ।
– छालामा चाउरी भएकाहरूले सधैं मुला खाएमा शरीरको चमक पूर्ववत् हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०