सौगात र सृष्टि लगन गाँठो कस्दै !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७८, आईतवार २०:३०

अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठबीच विवाह हुने भएको छ। केही वर्षदेखिको प्रेमलाई उनीहरूले २०७९ सालमा बिहेमा परिणत गर्ने भएका हुन्। अभिनेत्री सृष्टिले आउँदो वर्ष विवाह गर्ने तय गरिएको जानकारी दिएकी हुन्।

उनी हालै लन्डनबाट नेपाल फर्किएकी हुन। बाबुआमासमेतको सहमतिमा सुष्टिले सौगातसँग लगनगाँठो कस्न लागेकी हुन्।

अभिनेत्री सृष्‍टि श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ अभिनयबाट जीवनलाई अझ नजिकबाट बुझ्न सजिलो भएको बताएकी छन् । ‘फिल्म ‘चिसो एस्ट्रे’ मेरो लागि कलाकारिताको एउटा काम मात्र होइन । जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाए’ श्रेष्ठले भनिन् ‘संगत भन्ने कुरो जीवनमा कति महत्वपूर्ण कुरो रहेछ यसबाट बुझें ।’ श्रेष्ठले आफुलाई यो फिल्मले पुनर्जन्म दिएको सुनाइन् ।

‘यो फिल्मबाट अभिनयका धेरै कुरा सिक्न पाएको छु । त्यो आगामी दिनमा पनि काम लाग्छ’ श्रेष्ठले थपिन्, ‘फिल्म त पहिले पनि अभिनय गरेको थिए । यतिको मिहिनेत र डेडिकेट भएर काम गर्ने टिम भने पहिलो हो ।’ अबका दिनमा फिल्म अभिनयका लागि सबैले निकै मिहिनेत र डेलिकेट हुनुपर्ने बताएकी श्रेष्ठले फिल्म अभिनयबाट सिकेको कुरा आफ्ना जीवनमा पनि लागू गर्ने बताइन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा अभिनेत्री श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ ले व्यवसाय गर्छ गर्दैन अहिले नै आफुले भन्न नसक्ने बताउँदै फिल्म भने राम्रो र फरक बनेको दाबी गरिन् । भूपि शेरचनको कविताबाट प्रभावित फिल्म ‘चिसो एस्ट्रे’ मा श्रेष्ठ सालिनाको भूमिकामा देखिँदै छिन् । दिन्स पाल्पालीको निर्देशन रहेको फिल्ममा दिव्य देव, सृष्‍टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका देख्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१