गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सार्वजनिक सुनुवाई सम्पन्न(फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७८, आईतवार ०५:५६

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आयोजना तथा बेव बैक नेपाल प्रालिको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालय प्रांगणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा वडा सदस्य बिष्णु सुनाम, उमा थापा , बालकृष्ण श्रेष्ठ बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना, वडा सचिब नवराज सेन बिभिन्न राजनीतिका दलका प्रतिनिधि सहित कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रम संचालन वडा सदस्य जयराम महतले गरेका थिए। वडा सदस्य बाल कृष्ण श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए। उनले वडाले आर्थिक बर्ष मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको प्रष्ट पारेका थिए उनले आफुहरु कार्यकालको अन्तिम समयमा आइपुगेको र पछिल्लो पांच वर्षको अवधिमा जन अपेक्षा अनुसार सक्दो काम गरेको बताए। उनले चुनाबी प्रतिबद्धता अनुसार काम गरेको समेत जानकारी गराए, यद्द्यपी कानुनि अफ्ट्यारो कोरोना महामारी लगायतका विविध समस्याका कारण काममा ढिलाई भएको स्वीकारेका थिए।

कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गर्दै आएको जानकारी गराएका थिए । उनले वडामा भए गरेका विकास निर्माण लगायतको बिषयमा जानकारी प्रस्तुत गरेका थिए।साथै उक्त सार्वजनिक सुनुवाईमा मिडियाले वडाका बिभिन्न स्थान ब्यक्तिहरु संग स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुस्टी,सेवाको नियमितता ,सेवाको गुणस्तर विकास निर्माण आदि विषयमा उठेका प्रश्नहरुको जवाफ अध्यक्ष श्रेष्ठले दिएका थिए । वडाले स्थानीय सरकार विस्तार भएको ५ बर्षमा भएका विकास निर्माणका प्रगति र सेवा सुविधाका विषयमा समीक्षा गरिएको थियो ।

स्थानीय तह जनताको नजिकको देखिने, सुनिने र छिट्टै अनुभूत गरिने सरकार भएको हुँदा सरकारको योग्यता, क्षमता, क्रियाशीलता, इमान र विश्वसनीयता शासन प्रणालीमा सर्वाधिक महत्वका पक्ष भएको बताए। उनले माथिल्लो तहका सरकारहरू कतिपय विषयमा जनतामा पुग्ने माध्यम स्थानीय सरकार भएको हुँदा प्रभावकारी स्थानीय सरकार प्रभावकारी सेवा प्रवाहका पर्याय भएको बताए ।

उनले तिनै वटै सरकार संगको समन्वयमा नगरमा धेरै काम भएको बताएका थिए। जनप्रतिनिधिहरु ‘हामीहरु’ पार्टीबाट निर्वाचित भएर आए पनि स्थानिय जनताको निर्देशन अनुसार काम गरेको उनको भनाई थियो । उनले भने, “म र मेरो नेतृत्वमा रहेको जनप्रतिनिधिहरुको टिमले कार्यभार सम्हाले देखिनै हामि नागरिकका प्रतिनिधी हौ भन्ने भावना अनुशरण गरि काम गर्दै आएको बताए ।

उनले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । सार्वजनिक सुनुवाईले स्थानिय तहमा भएका विकास निर्माण कार्य र सेवाप्रवाहको गुणस्तरियता, प्रभावकारीता र जिम्मेवार संस्कार बसाउने अपेक्षा गरिएको छ ।उनले वडामा करिब ७० प्रतिशत विकास निर्माणको काम सकिएको कोरोना लगायत बिभिन्न समस्याको कारण सत प्रतिशत कार्य गर्न नसकिए पनि बाँकी काम सम्पन्न गर्न सक्रिय रुपले लाग्ने पनि बताएका थिए । वडा नं ४ मा विकास निर्माण र अन्य गतिविधिमा सबै राजनीतिक दल र स्थानीय बासीले देखाएको सामुहिकता र प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग रहेको र पछि पनि हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सार्वजनिक सुनुवाई कार्यक्रम

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०