प्रचण्ड फेरि ‘घेराबन्दीमा’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ फाल्गुन २०७८, आईतवार ०५:२०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि घेराबन्दीमा परेका छन् । उनी पार्टीभित्रै एमसीसी विरोधी नेताहरुबाट चुनौती झेल्न थालेका छन् । सत्ता गठबन्धनमा पनि नेपाली काँग्रेसले चुनावमा गठबन्धन नगर्ने सम्भावनाले प्रचण्ड अप्ठ्यारोमा परेका छन् ।

एमसीसी अनुमोदन गरेपछि चीन पनि प्रचण्डसँग सशंकित छ । यसरी उनी जताततैबाट अप्ठ्यारोमा परेका छन् ।

एमसीसी अनुमोदनको पक्षमा नलाग्दा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध हटाउने प्रस्ताव आउने देखि चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव फिर्ता हुने अवस्था बन्थ्यो । प्रचण्डले त्यो जोखिम मोल्न तयार भएनन् । तर, उनले पार्टीभित्र दुर्घटनाको चुनौती झेल्न थालेका छन् ।

कुनैपनि बेला माओवादी विभाजन हुने अवस्था विकास भएको छ । नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र पक्षधर नेताहरुलाई मिलाउन प्रचण्डलाई हम्मे परेको छ । विप्लव र किरणसँगको एकता प्रयास अब अगाडि नबढ्ने भएको छ । बरु विप्लवको चुनौती प्रचण्डले झेल्नुपर्ने उनको अभिव्यक्तिबाट देखिइसकेको छ ।

नेपाली काँग्रेसभित्र पनि माओवादीसँग चुनावी तालमेल गर्न नहुने आवाज उठ्न थालेको छ । एमसीसी अनुमोदन गर्न देउवाले प्रचण्डसँग चुनावी तालमेलको भद्र सहमतिको चर्चा चलिरहँदा काँग्रेसको डा. शेखर कोइराला पक्षधरले आवाज उठाउन थालिसकेको छ । शेखर कोइराला, धनराज गुरुङ, गगन थापालगायतले माओवादीसँग चुनावी तालमेल कुनै हालतमा नहुने भन्न थालेका छन् ।

चुनाव भइहालेमा प्रचण्डलाई सजिलो छैन । एमसीसीको सुरुमा घोर विरोध गरेर पछि अनुमोदन गरेकाले समर्थकमाझ सन्देश राम्रो गएको छैन । अर्कोतर्फ, बाह्य परिस्थिति पनि प्रचण्डको अनुकूल देखिदैन ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी समाप्त हुने बताएका छन् । उनले प्रचण्डको राजनीति पनि समाप्त हुने टिप्पणी गरे । यो भनाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१