बुढानिलकण्ठ नगरपालिकामा साइवर अपराध एवं सुरक्षा बिषयक एक दिवसिय अभिमुखिकरण कार्यक्रम भव्यताका साथ सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०७८, बिहीबार ०६:५७

काठमाडौं। सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

बोष्टर  मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ड नगरपालिकाका नगर प्रमुख उद्धव खरेल, अतिथि उपप्रमुख रमा राई, प्रमुख कार्यकारी अधिकृत भुबनेश्वर लामिछाने , महाराजगंज प्रहरी नायव उपरिक्षक, प्रमेश  बिष्ट ,  सम्वन्धित शाखा प्रमुखहरु, बुनपाका १३ वटै वडाका वडाध्यक्ष एवं वडा प्रतिनिधि नागरिक समाजका व्यक्तिहरु, विभिन्न मिडियाका पत्रकारहरु एवं स्थानीय गरी १०० भन्दा बढीको संख्यामा सहभागीको उपस्थिति रहेको थियो ।

बिगत १०  बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक आर के ढुंगानाको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको थिया भने नेपाल प्रहरी सामुदायिक साजेदारी कार्यक्रम अन्तर्गत महाराजगंज प्रहरी नायव उपरिक्षक, प्रमेश  बिष्टले  सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले कार्यक्रमको दौरानमा साइवर अपराधको कारण भोगेका पीडाहरु आदानप्रदान गर्दै त्यसको निवाकरणका लागि नेपाल प्रहरी संग गुनासो सुनुवाई गर्न आग्रह समेत राखेका थिए । सहभागी हरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिका का अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो । सूचना प्रविधि क्षेत्रमा एक दशक देखि सक्रिय वेव बैँक नेपालको संयोजनमा सचालन भएको कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको कार्यक्रमको संयोजन द्रोण पराजुली र  अनिल अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१