एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्छ : एमाले (पूर्णपाठ)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७८, बुधबार ०६:०६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी एमालेले सम्झौताबारे आफ्नो धारण व्यक्त गरेको हो ।

“एमसीसी परियोजनासम्बन्धी सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ,” अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संसद्को सबैभन्दा ठुलो दल नेकपा (एमाले)लाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा भएको पनि एमालेको भनाइ छ ।

पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक भएको एमालेको भनाइ छ ।

कुनै पनि बाह्य सहायता लिनुपूर्व वा लिने सम्झौता गर्नुपूर्व नै त्यसको सम्भावित परिणाममा ध्यान दिनुपर्ने एमालेले बताएको छ । सम्झौता भइसकेपछि कार्यान्वयनमा लाग्नुपर्नेतर्फ जोड दिँदै ओलीले यस सम्बन्धमा केही प्रश्न उठेमा स्पष्ट पार्ने दायित्व पनि सरकारकै हुने प्रष्ट्याएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१