अध्यक्ष नेपाल: ‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने ?’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७८, बुधबार ०५:५०

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने नचिताउन भनेका छन् । उनले  पार्टीको पत्रकार सम्मेलनमा बोल्दै सभामुख हटाउन ओली लागेको भन्दै त्यो कुनै हालतमा सफल हुन नदिने बताए ।

‘केपी ओलीले सभामुख हटाउने नचिताए हुन्छ,’ नेता नेपालले पत्रकारको प्रश्नमा भने,‘सभामुखमाथि केपी ओलीले धारे हात लगाउने ?’

उनले पटक पटक ओलीको नाम उच्चारण गर्दै असभ्य समेत भने । उनले भने,‘सदनको गरिमा राख्ने सभामुखलाई अपमानपूर्ण व्यवहार गर्ने । यो अभ्य अनसिभिलाइज्ड शैली हो ।’

ओलीले एमसीसीमा सभामुख हटाउने देखि आफूसहित १४ सांसदलाई पदमुक्त गर्ने जस्ता अनुचित सर्त राखेको समेत बताए । एमसीसीको व्याख्यात्मक विषयमा आफूले नै भूमिका खेलेको दाबी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१