रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७८, बुधबार ०५:४६

काठमाडौं । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश ।

रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले हमला गरेपछि ग्याँस आपूर्तिमा अवरोध भएको छ । यूरोपमा ग्याँसको मूल्य निकै बढेको छ । कच्चा तेलको मूल्य प्रतिब्यारल एक सय डलरभन्दा बढी भइसकेको छ ।

रुस र युक्रेनले विश्वलाई कुल गहुँ उत्पादनको २५ प्रतिशत आपूर्ति गर्छन् । सूर्यमुखी फूलको तेलको मुख्य उत्पादक देश रुस र युक्रेन हुन् । उनीहरुले ८० प्रतिशत सूर्यमुखी फूलको तेल विश्वलाई आपूर्ति गर्दै आएका छन् । युद्धले यसमा अवरोध भएको छ । मकैं उत्पादन गर्ने देशमा पनि रुस मुख्यमध्येको हो । यसको मूल्य पनि वृद्धि हुनथालेको छ ।

दैनिक उपभोग्य सामाग्रीको मूल्य विश्वभर बढेको छ । नेपालमा पनि यसको असर परेको छ । नेपाल आयल निगमले तेलको मूल्य फरि वृद्धि गरिसकेको छ । खाना पकाउने ग्याँसको समेत मूल्य वृद्धि गरेको छ । यसले उपभोक्ताको भान्छा महङ्गिएको छ ।

खाने तेलको मूल्यवृद्धि भएको छ । गहुँलगायत सामाग्रीको पनि मूल्य वृद्धि हुन थालेको छ । ढुवानीमा पनि लागत बढेको छ ।

यसैगरी, यूरोपमा खतरनाक युद्धको बादल मडारिएपछि नेपालमा समेत असरहरु देखिनथालेको छ । साहसिक पर्यटनमा असर देखिन थालेको हो । यो युद्धले विस्तारै रेमिटेन्समा समेत असर गर्न सक्ने चुनौतीहरु देखिनथालेको छ ।

तेलमा अत्याधिक मूल्य वृद्धिले नेपाल आयल निगमले मासिक ६ अर्बभन्दा बढी घाटा व्यहोर्न थालेको छ । पेट्रोलियम पद्धार्थ आयातमा मात्र विगतमा भन्दा तेब्बर बढी रकम विदेशिन थालेको छ । विदेशी मुद्रा सञ्चिती घट्दै गएको छ ।

बैंकहरुमा नगद अभाव देखिनथालेको छ । उनीहरुले ऋण प्रवाह कम गर्न थालेका छन् । निर्यातमा पनि कडाई भएको छ । यसले देशमा ठूलो आर्थिक संकटको खतरा बढेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१