गोकर्णेश्वर नगरपालिका वडा नं १ मा सार्वजनिक सुनुवाई सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०७८, बुधबार ०५:३२

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं १ को आयोजना तथा बेव बैक नेपालको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार सुन्दरीजल स्थित ओख्रेनी माविमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले गरेका थिए।

कार्यक्रममा वडा सदस्य राजेन्द्र रोक्का , बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना, बिभिन्न राजनीतिका दलका प्रतिनिधि सहित कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा वडा सचिव कुमार राइले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । उनले वडाले आर्थिक बर्षमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको प्रष्ट पारेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष राम मानन्धरले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गरेको जानकारी गराएका थिए ।

उनले वडामा भए गरेका विकास निर्माण लगायतको बिषयमा जानकारी प्रस्तुत गरेका थिए। साथै उक्त सार्वजनिक सुनुवाईमा मिडियाले वडाका बिभिन्न स्थान ब्यक्तिहरु संग स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुस्टी,सेवाको नियमितता ,सेवाको गुणस्तर विकास निर्माण आदि विषयमा उठेका प्रश्नहरुको जवाफ अध्यक्ष मानन्धरले दिएका थिए । उनले कार्यक्रममा उठेका हरेक विषयमा आफुहरु छलफल गरेर अगाडी बढ्ने र ति समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

अध्यक्ष मानन्धरले वडामा करिब ७० प्रतिशत विकास निर्माणको काम सकिएको कोरोना लगायत बिभिन्न समस्याको कारण सत प्रतिशत कार्य गर्न नसकिए पनि बाँकी काम सम्पन्न गर्न सक्रिय रुपले लाग्ने पनि बताएका थिए ।

वडा नं १ मा विकास निर्माण र अन्य गतिविधिमा सबै राजनीतिक दल र स्थानीय बासीले देखाएको सामुहिकता र प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग रहेको र पछि पनि हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१