एमसीसीको समर्थन वा पार्टी छाडन नारायणकाजीलाई प्रचण्डको उर्दी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७८, मंगलवार ०४:४५

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफ्नो प्राइभेट क्लव नै रहेको खुलासा गर्नुभएको छ । एमसीसीको बिरोधमा कडा रुपमा आउनु भएका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई नै एमसीसीको बिरोध गरिरहने भए पार्टी छाडेर जान धम्की दिँदै प्रचण्डले माओवादी आफ्नो प्राइभेट क्लव रहेको तथ्य उजागर गर्नुभएको हो ।

माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रचण्डले राष्ट्रघात गरेको भन्दै एमसीसीको कडा प्रतिवादमा उत्रनुभएको छ ।आफैले राष्ट्रघातीकरार गर्दै महाधिवेशनबाटै बिपक्षमा मतदान गर्ने निर्णय भएकोमा प्रचण्डले माओवादको अन्तिम ब्याख्या ‘सत्ता छाडने गल्ती नगर्ने, जोगाउनका लागि जे पनि गर्ने’ सिद्धान्त प्रतिपादन गर्दै पारित गराएपछि श्रेष्ठले कालो दिन भन्दै प्रचण्डको कडा आलोचना गर्नुभएको थियो ।

एमसीसी पारित भएपछि पनि श्रेष्ठ आफ्नो अडानमा टसमस नभएपछि प्रचण्डले आजको पत्रकार सम्मेलनमा एमाले–माले बिभाजनपछि बामदेव गौतमको अवस्था र नेमिकिपाको प्रसंग निकालेर अव एमसीसीको बिरोध नै गरिरहने भए पार्टीमा नबस्न नारायणकाजीलाई धम्की दिनुभयो ।

आफूले बिगतमा एमसीसी राष्ट्रघाती नै रहेको भनेपनि अव हात उठाएर आफैले अनुमोदन गराइसकेकोले कोही पनि सेन्टिमेन्टमा आउन नहुने उर्दी पनि जारी गर्नुभयो । ‘नारायणकाजी कमरेडलाई मैले भने तपाइँलाई मतभेद राख्ने अधिकार छ । सबै एकै मत हुनुपर्छ भन्ने छैन । तपाईंको विचारलाई सम्मान पनि गरिन्छ । केन्द्रीय कमिटीको बैठक आउँदै छ । कमिटीमा आफ्नो कुरा राख्नुस्, बाहिरचाहिँ नबोल्नुस,’ पत्रकार सम्मेलनमा प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले वामदेव गौतमले महाकाली सन्धि राष्ट्रघाति भनेर पार्टी फुटाएको तर चुनावमा जिरो भएको उदाहरण दिँदै श्रेष्ठलाई धम्क्याउनु भएको हो । ‘महाकाली सन्धिका बेला विचरा वामदेवले राष्ट्रघात भनेर एमालेको आधा केन्द्रीय कमिटी लिएर जानुभयो । भोट आउने बेला जिरो। एउटा जित्नु भएन । कोही सेन्टिमेन्टमा आउन आवश्यक छैन, एमसीसीको विरोध गरेर जनताको सेन्टिमेन्ट आउने भए सबै जना प्रेम सुवालतिर गए हुन्छ,’ नारायणकाजीलाई धम्की दिँदै प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१