बलात्कारको अभियोगमा एमाले सांसद बानियाँ पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७८, मंगलवार ०४:४१

काठमाडौं । मुगुका सांसद मोहन बानियाँ पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिइएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । उनीविरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ती महिलाको आरोप छ ।

बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी माघ २७ मा बाँके प्रहरीले दर्ता गरेको थियो । नेकपा एमालेका सांसद बनियाँ पूर्वमन्त्री हुन् । बनियाँले जुम्लाकी महिलासँग २५ लाख रुपैयाँ लिएका थिए । सो पैसा फिर्ता लिन महिलालाई उनले नेपालगञ्जमा बोलाएका थिए ।

सो होटलमा पहिले चेक दिएको र बलात्कारपछि चेक खोस्न खोजेको पीडितको आरोप छ । होटलमा उनीहरुको बीचमा चेक तानातान भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शिक्षिका समेत रहेकी पीडित महिला माओवादी निकट हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१