रुस-युक्रेन उच्चस्तरीय शान्ति वार्ता सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७८, मंगलवार ०४:३७

मस्को । युक्रेन संकटलाई लिएर रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ ।

युक्रेन र बेलारुसको सीमा क्षेत्रमा सोमबार उच्चस्तरीय वार्ता सुरु भएको हो । वार्ता सुरु भएसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबका २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण रहने प्रतिक्रिया दिएका छन् ।

यसैबीच युक्रेनको सेनाले अहिले रुसी आक्रमणको गति सुस्त भएको जनाएको छ । रुसी सेनाले केही दिनदेखि नै युक्रेनमा आक्रमण गरिरहँदा मृत्यु हुने आम नागरिकको संख्या ३५२ पुगेको छ । जसमध्ये १४ जना बालबालिका पनि मारिएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने बताइएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेको ५ औं दिनमा दुई देशबीच वार्ता सुरु भएको हो ।

बेलारुसको विदेश मन्त्रालयले सोमबार वार्ता हुनुअघि नै यसबारे जानकारी दिएको थियो । रुस र युक्रेनको झण्डासहित टेबलको तस्बिर सार्वजनिक गर्दै बेलारुसको विदेश मन्त्रालयले लेखेको थियो, ‘रुस र युक्रेनबीचको वार्ताका लागि बेलारुसमा स्थान तय भएको छ । प्रतिनिधिमण्डल आउनेवाला छन् ।’

 

युक्रेनमा रुसी आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट चर्को आलोचना हुँदैआएको छ । विशेषगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आलोचित बनेका छन् । पुटिनले ५ दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर सैनिक पठाएपछि अमेरिका, बेलायत, फ्रान्स, जर्मनी लगायत देशका प्रमुखले रुसको आलोचना गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१