गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७८, सोमबार ०६:०२

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ९  मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ वडाले आर्थिक बर्ष मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९  को आयोजना तथा बिश्व दर्शन  मिडियाको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ९  का वडा अध्यक्ष राजिब थापाले  गरेका थिए।

कार्यक्रममा वडा सदस्यहरु  बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना, बिभिन्न राजनीतिका दलका प्रतिनिधि सहित कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा वडा सचिव संगीता बराललेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा  वडा अध्यक्ष राजिब थापाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई गर्दै आएको जानकारी गराएका थिए उनले वडामा भए गरेका विकास निर्माण लगायतको बिषयमा जानकारी प्रस्तुत गरेका थिए।साथै उक्त सार्वजनिक सुनुवाईमा मिडियाले वडाका बिभिन्न स्थान ब्यक्तिहरु संग स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुस्टी,सेवाको नियमितता ,सेवाको गुणस्तर विकास निर्माण आदि विषयमा उठेका प्रश्नहरुको जवाफ  अध्यक्ष राजिब थापाले  दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष  राजिब थापालेले वडा नं ९  मा विकास निर्माण र अन्य गतिविधिमा सबै राजनीतिक दल र स्थानीय बासीले देखाएको सामुहिकता र प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग रहेको र पछि पनि हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए। उनले वडामा करिब ८० प्रतिशत विकास निर्माणको काम सकिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१