६ महिनामा करिव ५९ अर्ब वैदेशिक सहायता परिचालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७८, सोमबार ०५:३२

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा ५८ अर्ब ९० करोड बराबरको वैदेशिक सहायता परिचालन गरेको छ ।

२०७८ साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त रकम परिचालन गरिएको जानकारी अर्थ मन्त्रालयले दिएको हो । परिचालन गरिएको वैदेशिक सहायतामध्ये १३ अर्ब ८८ करोड रुपैयाँ अनुदान र ४५ अर्ब २ करोड रुपैयाँ ऋण रहेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ७ अर्ब ४६ करोड रुपैयाँ अनुदान र ३० अर्ब ४ करोड रुपैयाँ ऋण गरी कूल ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको वैदेशिक रहायता प्राप्त भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१