करिब करिब मध्यरातसम्म माओवादी र नेकपा(एस)हरु एमसीसी पास गर्ने पक्षमा उभिन्छन्: शेरबहादुर तामाङ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७८, आईतवार ०५:१२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले अब राजनीति सग्लो हुनेको लागि अझै एक-दुई दिन लाग्न सक्ने बताए । उनले पनि मुलुक अहिले निर्वाचनमा केन्द्रित हुनुपर्ने बेला भएको सुनाए । तर, अहिले मुलुकको ध्यान अन्तै मोडिएको उनको भनाई छ ।

उनले भने,“अहिले मुलुकको राजनीति एमसीसीमा केन्द्रित भएको छ । एमालेले हिजो नेकपाकालिन अवस्थामा एमसीसी अनुमोदनको लागि संसद्मा ल्याएकै हो । कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसी सम्झौता भएकै हो । आज एमसीसीबारे आम नागरिकको स्तरबाट प्रश्न उठेको छ । एमसीसी संसद्बाट अनुमोदन भएकै राम्रो हो । सरकार अस्थिर बनेकोले यो विषय संसद्बाट पारित गर्ने कुरा भएको हुनसक्छ, पार्टीगत रुपमा बहस गर्दा आम नागरिकको बीचमा यो एमसीसी गिजोलियो ।”

उनले एमसीसीबारे मिडिया, सामाजिक सञ्जाल र डबलीमा विरोध भएपनि यसको सही रुपमा छलफल त पार्लियामेन्टमा हुनुपर्ने बताए । उनले भने,“यो प्र्रस्ताव प्रस्तावकले संसद्मा उठेका विषय प्रष्ट पार्नुपर्छ । ती दृष्टिकोण प्रष्ट भएपछि, संशोधन गर्दा पनि यो सहित पास हुन्छ । सत्ता पक्षले हुन्छ भनेर नै हात उठाउनुपर्छ । सरकारको प्रस्ताव हुन्न भन्ने हो भने एक मिनेटपनि सरकारमा बस्न मिल्दैन् । तर, साथीहरुले द्धेद्ध चरित्र देखाएका छन् ।”

संसद्मा एमालेको गतिरोध कायमै रहेको सुनाए । उनले भने, संसद्को गतिरोध हट्नको लागि उहाँहरुले हाम्रो माग पूरा गर्नुपर्छ, यात हामीले कारबाही गरेका १४ जना सांसदहरुलाइृ कारबाहीको सूचना टाँस्नुपर्यो, या त सभामुखलाई कारबाही हुनुपर्छ । छिनोफानो हुन जरुरी छ । सभामुखले आफ्नो बारेमा आफ्नो निर्णय गर्नुपर्छ । अहिले सत्तारुढ दलले सडकमा कार्यकर्ता उतार्ने काम पनि गरिरहेका छन्, उता सदनमा अर्के कुरा गरेका छन् । यो विषय अन्त्य हुनुपर्छ । पार्लियामेन्ट खुल्यो भने हामीले आफ्नो दृष्टिकोण राख्छौं । संशोधनको कुरा राख्छौं । यदि पार्लियामेन्ट खुलेन भने एमाले संसद् अवरोधकै अवस्थामा रहन्छ ।”

उनले करिब करिब मध्यरातसम्म माओवादी र नेकपा एसहरु एमसीसी पास गर्ने पक्षमा उभिने ठोकुवा गरे । उनले भने, उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनुहुन्छ । अहिले सरकारसँग एमसीसी पास गर्नको लागि बहुमत छ । एमाले उभिनुपर्ने या नपर्ने जरुरी छैन् । संसद् अवरोधको अवस्था नखुलाएसम्म हामी छलफलमा भाग लिँदैनौं । हामी पक्षमा भोट हाल्दैनौं ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१