देउवाको ध्यान फेरि प्रचण्डतिर, ओलीसँग दूरी बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७८, आईतवार ०५:०६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गर्ने प्रयासलाई जारी राखेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ताका लागि पठाएर एमसीसीबारे निर्णय सहित आउन सन्देश पठाएका छन् ।

देउवाले एमसीसी पारित गर्न सत्ता गठबन्धन तोड्ने बताएपछि प्रचण्ड र माधव नेपाल गम्भीर भएका छन् । उनीहरुले सर्तसहित एमसीसी सदनबाट अनुमोदन गर्ने प्रस्ताव तयार गरेको बुझिएको छ । प्रचण्डले आज माधव नेपालसँगको भेटपछि गठबन्धन पनि नटुट्ने र एमसीसीले पनि निकास पाउने बताएका छन् । आजै एक कार्यक्रममा माधव नेपालले ओली सत्तामा आए नेपाल नै सिध्याइदिने बताइसकेका छन् ।

नेता नेपालले एमसीसीमा लचिलो हुने प्रस्ताव प्रचण्डसँग गरेर संसदमा एकपक्षीय संकल्प प्रस्ताव पारित गरेर जाने सर्तसहित अगाडि बढ्ने सुत्र तयार गरेका छन् । राष्ट्रहित विरुद्ध भएमा एमसीसी सम्झौता कुनैपनि बेला खारेज गर्न सकिने बुँदा राखेर संकल्प प्रस्तावसहित अगाडि बढ्नेबारे तयारी समेत भएको छ ।

देउवाले प्रचण्ड र माधव नेपालको प्रस्तावबारे भोलि नै छलफल गर्ने बुझिएको छ । यसकारण उनले ओलीसँगको सम्भावित सहमतिमा अगाडि बढिहालेनन् । आज बालकोटमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाए । तर, दोस्रो तहका नेताहरुको वार्ता निष्कर्षमा पुगेन । एमालेले सदन खुलाउने वातावरण बनाउन जोड गरिरह्यो । जसमा सभामुख हटाउने र माधव नपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँसको सर्त रहेको छ ।

ओलीसँग देउवा अझै विश्वस्त हुन सकेका छैनन् । अर्कोतर्फ, ओली पुनः शक्तिशाली बन्ने देखि सत्ताको आलोपालो नेतृत्वको विषय पनि आएको छ । यसकारण प्रचण्ड र माधव नेपाललाई गलाउने दिशामा देउवा केन्द्रित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१