गोकर्णेश्वर नगरपालिका वडा नं २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७८, शनिबार ०६:२९

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ वडाले आर्थिक बर्ष मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ को आयोजना तथा बोष्टर मिडियाको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले गरेका थिए।

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

कार्यक्रममा वडा सदस्य कृष्णहरि श्रेष्ठ,   सरस्वती सुनार, माया तामाङ, बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना, बिभिन्न राजनीतिका दलका प्रतिनिधि सहित कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा कर्मचारी  मन बहादुर तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।

कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी  सार्वजनिक सुनुवाई गर्दै आएको जानकारी गराएका थिए उनले वडामा भए गरेका विकास निर्माण लगायतको बिषयमा जानकारी प्रस्तुत गरेका थिए।साथै उक्त सार्वजनिक सुनुवाईमा बोष्टर मिडियाले वडाका बिभिन्न  स्थान ब्यक्तिहरु संग स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुस्टी,सेवाको नियमितता ,सेवाको गुणस्तर विकास निर्माण  आदि विषयमा उठेका प्रश्नहरुको जवाफ  वडा अध्यक्ष  कृष्ण बहादुर पण्डित क्षेत्री र वडा सदस्य कृष्णहरि श्रेष्ठले  दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले  सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले वडा नं २ मा  विकास निर्माण र अन्य गतिविधिमा सबै राजनीतिक दल र स्थानीय बासीले  देखाएको सामुहिकता र प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग  रहेको र पछि पनि हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए। उनले वडामा करिब ६० प्रतिशत विकास निर्माणको काम सकिएको  जानकारी गराएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१