तानातानमा ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ फाल्गुन २०७८, शुक्रबार ०५:१४

काठमाडौं । एमसीसी अनुमोदन गर्ने र नगर्ने पक्षबीच रस्साकस्सी परेको छ । नेपाली काँग्रेस अनुमोदनको पक्षमा उभिएको छ भने नेकपा माओवादी केन्द्र अनुमोदन नगर्ने पक्षमा उभिएको छ । रोचक पक्ष यो छ कि दुवै दल सत्ता गठबन्धनमा छन् ।

अहिलेसम्म एमसीसीको पक्षमा निर्णय गरेका नेपाली काँग्रेसको ६१ र लोकतान्त्रिक समाजवादी पार्टीको १३ गरी ७४ मत छ । विपक्षमा जाने निर्णय गरेका नेकपा माओवादी केन्द्रको ४८, नेकपा एसको २३, नमकिपा, जनमोर्चा नेपाल र राप्रपाको एक एक गरी ७४ नै मत छ । जसपाले निर्णय लिएको छैन । तर, नेताहरु पक्ष विपक्षमा खुलिसकेका छन् ।

नेकपा एमाले एमसीसीबारे अझै अनिर्णित छ । उसको मत निर्णायक छ । ९७ सांसद रहेको एमालेले जुन पक्षमा मत हाल्छ त्यही निर्णायक हुन्छ । यसकारण एमसीसीको विषयले ओली तानातानमा परेका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद भवन बानेश्वरको कार्यकक्षमै भेटे । देउवाले राजनीतिक लेनदेनको कुराकानी गरे । लगत्तै प्रचण्डले पनि ओलीलाई भेटे । उनले एमसीसी अस्वीकृत गर्नेलगायत राजनीतिक लेनदेनमै कुरा केन्द्रित गरे । यसरी ओली निर्णायक बनेर तानातानमा परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१