काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बाहिरिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ भएको २ घण्टामा लामो छलफलपछि ओलीसहितका नेताहरु बाहिरिएका हुन् । सरकारले संसद्मा एमसीसी टेबुल गरेपछि राजनीतिक सरगर्मी बढेको छ ।
एमसीसीको कारण सत्ता गठबन्धनमा समेत विवाद चुलिएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा उभिने तयारी गरेपछि प्रधानमन्त्री देउवाले भने एमालेसँग सहकार्य अघि बढाएका छन् ।
प्रधानमन्त्री देउवासँग भेट्न एमाले अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । बालुवाटारबाट बाहिरिँदादेखि एमाले नेताहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रतिक्रिया