कलाकार भन्दै दुबई हिँडेका ३५ जनालाई अध्यागमनले रोक्यो, फर्कायो विमानस्थलबाटै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७८, मंगलवार ०६:०७

काठमाडौं । विभिन्न वहानामा मानव तस्करी हुने क्रम बढ्न थालेपछि अध्यागमन विभागले कडाइ थालेको छ । शुक्रवार दुवई जान भन्दै विमानस्थल पुगेका ३५ जनालाई अध्यागमन विभागले फिर्ता पठाएको छ । उनीहरुले आफुहरुलाई कलाकार दावी गरेका थिए । एक सांस्कृतिक कार्यक्रमको लागि जान लागेको दावी गरेका थिए ।

तर उनीहरुको कागजात अध्ययन गर्दा अध्यागमनलाई शंका लागेपछि विमानस्थलवाट फर्काइदिएको छ । उनीहरुले काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांकृतिक कार्यक्रमको लागि दुबई जान लागेको बताएका थिए । टुरिस्ट भिसा अप्लाई गरेका उनीहरुसंग दुबईस्थित नेपाली दूतावासको नो अब्जेक्सन लेटरु पनि थिएन ।

एकै पटक ठूलो संख्यामा दुबई जान लागेका उनीहरुको यात्रा शंकास्पद लागेपछि अध्यागमन कार्यालयले रोकेको हो। उनीहरु फ्लाई दुबइको एफजेड(५७२ नम्बरको उडानबाट शुक्रबार दुबई जान लागेका थिए।

उनीहरुसंग गृहमन्त्रालयले तोकेको कागजपत्र र दुबईस्थित नेपाली दूतावासको ुनो अब्जेक्सन लेटरु समेत नभएपछि अध्यागमनले शंका लागेर रोकेको जनाएको छ ।

पछिल्लो समय मानव तस्करहरु सक्रिय भएको भन्दै गृह मन्त्रालयले भिजिट भिसाुमा जानेहरुलाई कडाइ गर्न अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१