सञ्चारमन्त्रीलाई किन भयो खतरा ? बढाइयो सुरक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७८, मंगलवार ०६:०१

काठमाडौ । अमेरिकी सहयोग एमसीसी संसदमा पेश भए पछि नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको छ । नेपाली कांग्रेस एमसीसी जसरी पनि अनुमोदन गर्नुपर्छ भन्नेमा छ भने अन्य राजनीतिक दलहरु एमसीसीको विपक्षमा छन् । माओवादी केन्द्र र एकिकृत समाजवादी लगायतका दलहरु परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छ भन्नेमा छन् ।

नेकपा एमालेले एमसीसीका बारेमा धारणा सार्वजनिक गरेको छैन । यस्तो अवस्थामा सरकारले एमसीसी संसदमा टेबल गरेपछि थप आन्दोलन चर्किएको छ । सडक र सदनमा आन्दोलन चर्किएको हो । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार संसदमा एमसीसी टेबल गरेका थिए । चर्को आन्दोलन भइरहेको बेला कार्कीले एमसीसी टेबल गरे पछि उनलाई हुन सक्ने खतरालाई मध्यनजर गर्दै कार्कीको सुरक्षा बढाइएको छ ।

सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।

एमसीसीको विरोध गर्नेहरूले आ क्रम ण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए । उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, पुस ९, २०८१