एमसीसीका बारेमा एकीकृत समाजवादीको सचिवालय बैठकले गर्यो यस्तो निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७८, मंगलवार ०५:५९

काठमाडौ । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधव कुमार नेपालले एमसीसी संसदमा टेबल गर्न सहमति दिएको भन्दै पार्टी भित्र विवाद भएको थियो । वरिष्ठ नेता झलनाथ खनालले तिब्र विरोध गरेका थिए । सोमवार अबेर बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठक रोकेर माधव नेपाल र झलनाथ खनाल केही बेर छुट्टै बार्तामा बसेका थिए । खतिवडाले भने, सबै सांसदलाई सदनमा विपक्षमा उभिन भन्ने छौं, त्यसका लागि वातावरण तयार गर्नेछौं।

नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भए पनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन्। उनले सरकारलाई दिएको समर्थन फिर्ता नहुने जिकिर गरे। उनले एमसीसीमा मतदान हुने दिन आफ्नो पार्टीका सांसदले बहिष्कार नगर्ने र तटस्थ पनि नबस्ने भन्दै विपक्षमा मतदान गर्ने स्पष्ट पारे।

उनले भने, ‘अहिले एमसीसी सदनमा टेबुल भयो। हामी किन यसको विरोधमा छौं भन्ने कुरा धेरै पहिलेदेखि नै भनेका छौं। हामी त जनताको हितमा कुरा गर्छौं। जनतामा एमसीसीविरुद्धको मनोवैज्ञानिक प्रभाव छ। यो संवैधानिक हिसाबले बेठीक छ। यो एमसीसी किन सदनमा टेबुल गरियो ?

यो गलत छ। यसमा अमेरिकाको नियत नै बेठीक छ। एमसीसी आईपीएसको पार्ट हो भनेर अमेरिकी अधिकारीले भनेका छन्, यसो भनेपछि यो सुरक्षासँग जोडिएको छ। अमेरिकन अधिकारीले पनि पटक–पटक एमसीसी आईपीएसको पार्ट हो भनेका छन्।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१