अन्ततः लिक भयो पल र समिक्षाको बिचको सम्बन्धको अडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७८, मंगलवार ०५:५६

काठमाडौं । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको सम्बन्धको वास्तविकता सार्वजनिक गएकी छन् । उनले केहि समय अघि सामाजिक संजालमा फेसबुकमा लेख्दै पल शाहसंग सम्बन्धित आफ्ना अघिल्ला पोष्टहरु वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुरोधमा लेखिएको बताएकी थिइन् । सोहि अनुरुप अहिले एउटा अडियो नै सार्वजनिक गरेकी छन् ।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी थिइन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’ गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको संकेत गरेकी थीइन ।

त्यसो त पछिल्लो समय उनी कडा स्टाटस लेख्नमा व्यस्त छिन् । केही दिन अघि उनले नारी शक्तिलाई कमजोर नठान्न चेतावनी दिएकी थिइन् । ‘यदि कसैले नारीलाई कमजोर सोचेर उसको विश्वास र भावना माथि खेल्यो भने उनले नारी शक्तिको सामाना गर्न सक्दैन’ उनले लेखेकी थिइन् ।

समीक्षाको पल शाहसँग अ’न्त’रं’ग स’म्ब’न्ध रहेको समाचारले मिडियामा राम्रै प्रथामिकता पाएको थियो । गायनमा सक्रिय समिक्षा र पल सु’र्ति मा’डेर‘बो’लको गीतको सुटिङपछि नजिकिएका थिए । उनीहरुका सम्बन्धका विषयमा मिडियामा गसिप आउन थालेपछि उनले पल र आफ्नो चरित्र ह’ ‘त्या भएको बताउदै आएकी थिइन् । पछिल्लो समय आएको यो अडियोले उनीहरुको सम्बन्ध ख’टप’ट भएको बुझिन्छ ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले केही समय अगाडि पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

समिक्षाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् । बेला बेला रियल हिरो भन्दै समिक्षाले पल संगको तस्वीर शेयर गर्ने पनि गरेकी छन्। बिभिन्न सामाजिक काममा निकै नै अग्रसर पल साहलाई समिक्षाले सामाजिक संजाल मार्फत हौसला दीई साथ दिदै आएकी छन्।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरुविचको सम्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् । के पल र समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् । अडियो तल सुन्नुहोला

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०