काठमाडौवाट एकाएक ९ जनाको परिवार सहित बेपत्ता भएका अग्रवाल ३५ दिन पछि पक्राउ परे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७८, मंगलवार ०५:५३

काठमाडौ । काठमाडौमा करोडौको लगानीमा ब्यापार गर्दै आएका अग्रवाल परिवार अचानक वेपत्ता भए । ३४ दिन पछि सोही परिवारका एक जना भने पक्राउ परेका छन् । करोडौ लगानीको ब्यवसाय छोडेर पुरै परिवार एकाएक वेपत्ता भएका थिए । काठमाडौंको कान्तिपथ र दरबारमार्गमा ठूलो लगानीको म दि रा पसल सञ्चालन गरेका रिटेल शप ग्रीनलाइनका सञ्चालक परिवार सहित वेपत्ता भएका थिए ।

उनै ब्यापारी अमित अग्रवाल पक्राउ परेका छन्। प्रहरीले उनलाई ३५ दिन पछि पक्राउ गरेको हो । करोडौको ब्यापारमा घाटा लागेपछि उनीहरुले घर छोडेको बताइएको थियो । उनीहरुले प्रयोग गर्ने गाडी समेत फेला परेको थिएन ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई नियन्त्रणमा लिएको हो। पुस २२ गते अमित सहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर बेपत्ता भएका थिए । उनीहरु भारत पुगेको प्रहरीलाई सूचना थियो । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्क विहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन्।

सोही उजुरीका आधारमा प्रहरीले उनीहरुको खोजी थालेको थियो । माघ २७ गते अमित काठमाडौं आइपुगेका थिए। परिवारमा विरामी भएकाले एक महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए। अग्रवालल परिवार विभिन्न बैंक र व्यक्तिसँग मिटर ब्याजमा एक अर्ब भन्दा बढी लोन लिएको देखिएको छ। ३४ दिन परिवारसँगै बेपत्ता भएका उनको परिवार पछि सम्पर्कमा आएको थियो। व्यवसाय धराशयी भएको तथा मिटर ब्याजका कारण बेपत्ता हुनुपरेको नोट घरमा छाडेर सिंगै परिवार गायव भएको थियो।

काठमाडौंमा सम्पर्कमा आएपछि भने मिटर ब्याजको विषय उनले लुकाएका छन्। मिटर ब्याज दिनेहरु पहुँचवाला भएको र उनीहरुको नाम सार्वजनिक गर्दा थप अप्ठेरोमा पर्ने देखेपछि अग्रवाल परिवारले नोटमा लेखेको विषयलाई गुपचुप बनाएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१