एमाओवादी द्वारा पत्रकार मरणासन्न हुनेगरी कुटिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० आश्विन २०७१, सोमबार ०९:२९
कन्चनपुर १९ असोज ।
एकीकृत माओवादीका कार्यकर्ताले कन्चनपुरमा कार्यरत एक पत्रकारलाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन् ।

गत असोज १४ गते बेलुकी एमाओवादी कार्यकर्ता कुवेर धामीले कन्चनपुरको सब्जीमण्डी क्षेत्रमा नेपाल पत्रकार महासंघ कन्चनपुर शाखाका सहसचिव धर्मराज कठायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन ।
विनाकारण एक्कासी बजारमा हिडिरहेका पत्रकार कठायतलाई कुटपिट गरिएको भन्दै नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार महासंघ कन्चनपुरले कुटपिटमा सम्लग्न हुने एमाओवादी कार्यकर्तालाई कारवाही गर्न माग गरेका छन् ।
बेलुकी साढे ४ बजेतिर हिड्दै गरेका पत्रकार कठायतलाई एमाओवादी कार्यकर्ता कुबेर धामीले भएको कुटपिट सम्पूर्ण प्रेसमाथिको आक्रमण भएको क्रान्तिकारी पत्रकार महासंघले कन्चनपुरले जनाएको छ ।
महासंघका सचिव उमेशराज अवस्थीले एक विज्ञप्ती जारी गर्दै पत्रकार कठायतको उपचारको व्यवस्था गर्न तथा दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् ।
दोषीमाथि कारवाही नगरे आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि उनले जनाएका छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१