भीम रावलको एकपछि अर्को विद्रोह,ओलीलाई पार्टीभित्र निरन्तर चुनौती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७८, सोमबार ०६:११

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र निरन्तर चुनौती दिदै आएका छन् । एमालेले एमसीसीबारे कुनै धारणा नबनाएपनि रावल खुलेरै विपक्षमा उभिएका छन् ।

ओलीको प्रधानमन्त्रीकालमा रावल नै सबैभन्दा कट्टर आलोचक बनेर उभिएका थिए । त्यतिबेला प्रचण्ड र माधवकुमार नेपाल ओलीविरोधी अभियानमा लागेपनि कडा रुपमा प्रस्तुत हुने र बोल्ने उनै रावल थियो । त्यतिबेला सरकारले चालेका कतिपय कदमको रावलले खुलेर विरोध गरे ।

ओली सरकारको पालामा भएका औषधीकाण्डलगायतमा पनि रावलको आवाज बुलन्द भयो । यसकारण पनि उनी पेलाईमा परेका थिए ।

ओली सरकारले एमसीसी सदनमा अगाडि बढाउन खोज्दा रावल विरोधमा उत्रिएका थिए । अहिले देउवा सरकारले टेबल गर्दा पनि कडा रुपमा प्रस्तुत भएका छन् ।

अहिले एमालेले सदनमा अवरोध गर्दै आएको छ । उसले सदनको काम कारबाही बहिष्कार गर्ने र विरोध गर्ने गर्दै आएकोमा रावललाई सभामुख अग्निप्रसाद सापकोटाले बोल्न दिए । एमालेको आधिकारिक लाइनभन्दा फरक तरिकाले प्रस्तुत भए । एमसीसीबारे नखुलेको एमालेभित्र रावल त्यसको विपक्षमा बोलिदिए । यो ओलीविरुद्ध अर्को विद्रोह बन्यो ।

एमसीसी पारित गर्न एमाले पक्षमा गए रावल केही सांसदसहित विपक्षमा जाने संकेत दिइसकेका छन् । उनीसँग ५ जना प्रत्यक्ष निर्वाचित सांसद पनि छन् । अरु सांसदहरुलाई समेत साथमा लिएर रावल विद्रोहको तयारीमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१