नक्कली मह बिक्री गर्ने एकजना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०७८, आईतवार ०६:१२

खोटाङ । खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह जस्तो देखिने पदार्थ बिक्री गरिरहेको अवस्थामा १३ वर्षीय बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताए ।

स्थानीयबाट नक्कली मह बिक्री गरिरहेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई महजस्तो देखिने ५ किलो पदार्थसहित शनिबार पक्राउ गरेको हो । बजारमा नक्कली मह बिक्री भइरहेको विषयमा उद्योग बाणिज्य संघले नगरपालिकालाई जानकारी गराएपछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको हो । बालकसँगै रहेका अर्का एक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाका बजारमा यस अघिदेखि नै नक्कली मह बिक्री हुने गरेको जनगुनासो छ । तराईबाट आउने व्यवसायीले प्रतिबोटल साँढे सात सयका दरले मह बिक्री गर्ने गरेका छन् । खरिद गरेर राखेको मह केही समयपछि डल्लो पर्ने र सड्ने गरेको उद्योग बाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१