कागेश्वरी मनोहरा नगरपालिकाको ७ महिनामा १३ करोड ४३ लाख ८३ हजार राजश्व सँकलन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७८, शुक्रबार ०५:४३

काठमाण्डौ । चालु अर्थिकबर्षको सात महिना साउन देखी माघ मसान्त सम्ममा कागेश्वरी मनोहरा नगरपालिकाले १३ करोड ४३ लाख ८३ हजार ३ सय ४७ रुपयाँ राजश्व सँकलन गरेको छ । यसमा सबैभन्दा धेरै नगरपालीका कार्यालय बाट ६ करोड ७ लाख ६१ हजार ८ सय १६ रुपयाँ सँकलन भएको छ भने वडा स्तरमा सबैभन्दा धेरै ९ नँ वडाबाट १ करोड ८२ लाख ११ हजार ५ सय ६१ रुपयाँ सँकलन भएको छ । त्यस्तै वडा नँ १ बाट ४९ लाख ४९ हजार १ सय ३८, २ बाट २० लाख ९० हजार २ सय ३९, ३ बाट २३ लाख ३० हजार ८ सय ३८, ४ बाट ४३ लाख २४ हजार १ सय ८१, ५ बाट ७२ लाख ९७ हजार ४९, ६ बाट १ करोड २२ लाख ९९ हजार ६ सय २६, ७ बाट १ करोड ३५ लाख ३८ हजार ६ सय ८८ तथा ८ नँ वडा कार्यालयबाट ८५ लाख ८० हजार २ सय ८ रुपयाँ राजश्व सँकलन भएको नगर प्रमुख कृष्णहरी थापाले सामाजिक सन्जाल मार्फत सार्बजनिक गर्नु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१