प्रधानमन्त्री देउवालाई गठबन्धन तोडेर आउन ओलीको प्रस्ताव, देउवाले के जवाफ दिए ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७८, शुक्रबार ०५:२७

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन तोडेर आउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा एमालेको साथ खोज्नेगरि अध्यक्ष अ‍ोली निवास बालकोट पुगेका थ्एि ।

करिब डेढ घण्टा भएको छलफलमा एमसीसीलाई लिएर नै दुई नेताबीच गम्भीर छलफल भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्री देउवालाई ओलीले पाँच दलीय गठबन्धन तोडेर आउन प्रस्ताव राखेका थिए । ओलीले एमसीसी साँच्चिकै पारित गर्न चाहेको हो भने पहिले गठबन्धन तोडेर आउनुहोस भनेका थिए ।

भेटवार्ताको क्रममा देउवाले पाँच दलीय गठबन्धन तोड्न पनि नचाहेको संकेत गरेपछि ओलीले यस्तो शर्त राखेका थिए । प्रधानमन्त्री देउवाले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने भनिसकेका छन् । तर, गठबन्धनमा आवद्ध दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने सदनको अवरोध नहटाई एमसीसी सदनमा टेबुल गर्न नहुने अडान राखेका छन् ।

उनीहरुले एमसीसीको लागि अझै छलफल आवश्यक रहेको बताएका थिए । बरु, कांग्रेस महामन्त्री गगनकुमार थापाले ५ दलीय गठबन्धनको बैठकमा एमसीसीबारे संकल्प प्रस्ताव पास गरेर अघि बढ्न सकिने नयाँ प्रस्ताव राखेका थिए । एमसीसीलाई लिएर अमेरिकाले दायाँबायाँ गर्न खोज्यो भने तुरुन्तै नेपालले एकतर्फी रुपमा खारेज गर्नेगरि संकल्प प्रस्ताव पारित गराउनुपर्ने थापाको प्रस्ताव थियो । तर, थापाको प्रस्तावमा दाहाल सकारात्मक देखिएनन् ।

गठबन्धनको बैठक भोलि विहान १० बजे पनि बस्ने भनिएको छ । देउवाले भोलिको बैठकमा अझै एमसीसी पारित गराउने सहमति कायम गर्ने प्रयास गर्ने बुझिएको छ । प्रतिनिधिसभाको बैठक भने भोलि (शुक्रबार) दिउँसो १ बजेको लागि बोलाईएको छ । भोलिको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यक्रममा भने एमसीसी परेको छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१