देउवा-ओलीबीच सत्ता साझेदारीको कुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०७८, शुक्रबार ०५:२४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ताले राजनीतिकलाई रोचक मोडमा लाने संकेतहरु मिलेको छ । दुई नेताले दुई घन्टाबीच दुई पटक वार्ता गरेर राजनीतिक लेनदेनका कुराकानी गरेको बुझिएको छ ।

भेटमा एमसीसी पारित गर्ने देखि विभिन्न मुद्दाहरुमा सहमति बनाउनेबारे छलफल भएको विश्वस्त स्रोतले बताएको छ । देउवा र ओलीले सत्ता साझेदारीको समेत कुराकानी गरेको बुझिएको छ ।

केन्द्र सरकार देखि प्रदेश सरकारसम्म गठबन्धन बनाउने सम्मको कुराकानी भएको विश्वस्त स्रोतले बताएको छ । प्रदेश सरकारबारे पछि छलफल गर्ने पहिले केन्द्र सरकारमा गठबन्धन गर्नेबारे कुराकानी भएको बुझिएको छ ।

एमसीसी पारित गर्ने र त्यसमा अवरोध आए मिलेर सामना गर्नेबारे दुई नेताबीच छलफल केन्द्रित भएको बुझिएको छ ।

प्रतिक्रिया