स्नो मन्जुश्री  स्कुलको ९ औँ वार्षिकोत्सव भव्यताका सम्पन्न (फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०७८, बिहीबार ०७:१४

काठमाडौं।  जिल्लाकै पहिलो संस्थागत विद्यालय स्नो मन्जुश्री  स्कुलले ९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधबार विद्यालय परिसरमा भएको कार्यक्रममा स्कुलका अध्यक्ष सोनाम ग्याल्छेन घले ,पहेलो गुम्बाको गुरु रिम्पुंछेको प्रमुख आतिथ्यमा र  विशेष अतिथि पुर्व मन्त्री टेक बहादुर गुरुङ ,वरिष्ठ पत्रकार मुकुन्द ढुंगाना लगाएत बिदेशी सहित स्थानीय ,प्रहरी प्रशासन र अभिभावक सहितको उपस्थितिमा भव्यताका साथ कार्यक्रम सम्प्पन गरेको थियो।

कार्यक्रम स्कुलका अध्यक्ष सोनाम ग्याल्छेन घलेले बालबालिकाको दोस्रो घर विद्यालय भएकाले शिक्षकशिक्षिकाले बालबालिकाको शिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो । उहाँले लामो समय देखि शैक्षिक क्षेत्रमा स्नो मन्जुश्री  स्कुललेले १३० बिद्यार्थीलाइ खाना लाउन बस्न र पढ्न निशुल्क गरेको र दुर्गम भेगका बालबालिकालाइ निशुल्क पढाउने पहिलो स्कुल समेत रहेको जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष सोनाम ग्याल्छेन घलेले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक रुपमा सम्पन्न बनाउन विद्यालय अहोरात्र लागि परेको बताउनुभएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री टेक बहादुर गुरुङले संस्थागत विद्यालयले समुदायमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । कार्यक्रममा सम्पूर्णले  शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट  विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । यसैगरि विद्यालयमा लामो समय अध्यापन गराउने शिक्षक  शिक्षिकालाई सम्मान गरिएको थियो ।
विद्यालयले कोभिडका कारण अघिल्लो शैक्षिक सत्रमा वितरण गर्न रोकिएको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सायद ७ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१