खोप नहराएको ठहर गर्दै समितिले बुझायो मन्त्री खतिवडालाई प्रतिवेदन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ फाल्गुन २०७८, मंगलवार ०५:३९

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको खोप छानबिन समितिले प्रतिवेदन बुझाएको छ । समितिले खोप नहराएको भन्दै प्रतिवेदन बुझाएको छ ।समिति संयोजक डा. गुणराज लोहनी संयोजक रहेको समितिले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासामु बाहिर आएको जस्तो खोप नहराएको भन्दै प्रतिवेदन बुझाएको हो ।

२४ लाख खोप हराएको भन्ने हैन एक अधिकारीले भने, ‘धेरै स्थानबाट खोप लगाएकाहरुको विवरण अध्यावधिक गर्न बाँकी रहेकाले तथ्यांकमा फरक परेको देखियो । अहिले सबै हिसाब मिलेको छ ।’ समितिले खोपको सबै तथ्यांक अध्यावधिक गरेको थियो । खोपको विवरण अध्यावधिक गर्न बाँकी भएका स्थानमा आह्वान गरेर समेट्ने प्रयास समितिका पदाधिकारीले गरेका छन् ।

कोरोना महामारीको कारणले धेरै स्थानहरुबाट विवरण अध्यावधिक भएको थिएन । सार्वजनिक रुपमा कुरा उठेपछि समितिले त्यसलाई तत्काल अध्यावधिक गर्न लगाएको हो’, एक सदस्यले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २४ लाख खोपको तथ्याङ्क हराएको बताएपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति बनाएको थियो । धेरै भेरोसेल खोप भने भारतीय नागरिकले जहाज चार्टर गरेर नेपाल आइ लगाएका थिए । तर, त्यो तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालको पालामा हो । उनको सरुवासँगै स्वास्थ्य सचिवको जिम्मेवारीमा डा. पोखरेल आएपछि खोप फालाफाल छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०