महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७८, सोमबार ०६:१४

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको ल्याइएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवाश बालकोटमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ । बैठकपछि सम्वाददाताहरुसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताउनुभयो ।

महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।

प्रतिक्रिया