राणाविरुद्धको महाअभियोग प्रस्ताव अप्रत्याशित र गलत भएको एमालेको प्रतिक्रिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ फाल्गुन २०७८, सोमबार ०६:०८

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई अप्रत्याशित भन्दै सत्ता गठबन्धनको नियत गलत रहेको प्रतिक्रिया दिएको छ ।

एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका सुवास नेम्वाङले महाअभियोग प्रस्तावबारे एमालेलाई कुनै जानकारी नदिइएको र अचानक दर्ता गरिएको टिप्पणी गर्नुभयो ।

कुन उद्देश्य र नियतबाट महाअभियोग दर्ता गरिएको हो थाहा नभएको भन्दै उहाँले मुलुकको राजनीतिलाई गलत दिशामा लैजाने प्रक्रियाको निरन्तरता भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २२, २०८१