८ सचिवहरूको सरुवा, को- कहाँ पुगे ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७८, शुक्रबार ०६:१८

काठमाडौं । मन्त्रीपरिषदको बैठकबाट ८ जना सचिवहरूको सरुवा गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ।

भने सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण मन्त्रालय (वातावरण) मा पठाइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय(प्रविधि)सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमिला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१