प्रतिनिधिसभा बैठक स्थगित गर्न एमालेको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ माघ २०७८, शुक्रबार ०६:०७

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ गते तोकिएको बैठक सार्न आग्रह गरिएको अन्नपूर्णलाई जानकारी दिए । उनले भने, ‘फागुन २ मा विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरिएको छ । बैठक नजुधाउन आग्रह गरेका हौं ।’

प्रदेशस्तरीय भेलामा पार्टीका पदाधिकारी, स्थानीय प्रमुख, उपप्रमुख, प्रदेशभित्रका सबै सांसद सहभागी हुने भएकाले संसद बैठक स्थगित गर्न एमालेले आग्रह गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१