गोकर्णेश्वर नगरपालिका द्वारा क्लिन एन्ड सेरेन रियाबिलिटेसन सेन्टरमा खाध्यान्न तथा सरसफाईका सामाग्री बितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७८, बुधबार ०६:२९

काठमाडौ । गोकर्णेश्वर नगरपालिका स्थित नयाँ पाटिमा एक कार्यक्रमको आयोजना गरि क्लिन एन्ड सेरेन रियाबिलिटेसन सेन्टरमा सरसफाईका सामाग्रीहरु तथा खाध्यान्न चामल, दाल, तेल,अन्डा लगाएत विभिन्न सामाग्रीहरु संस्थाका संस्थापक अध्यक्ष डोल्मा लामालाई हस्तान्तरण गरिएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डितको सभापतित्व तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथी प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए। अतिथिहरुमा सामाजिक विकास समिती गोनपा का संयोजक राजेन्द्र कुमार भन्डारी,समाजसेवी दिपेन्द्र लामा लगाएत कर्मचारी,बुद्धिजीवी ,जनप्रतिनिधि तथा स्थानिय दाजुभाई दिदिबहिनिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख सन्तोष चालिसेले बोल्दै जीवन अत्यन्तै महत्वपूर्ण भएकोले हिजो गरेका गल्तिहरुलाई समिक्षा गर्दै आगामी दिनलाई स्वर्णिम बनाउनु नै सार्थक भएकोले अब कुलतमा नफसी नयाँ जीवन निर्माण गर्न युवाहरुलाई शुभकामना ब्यक्त गरेका थिए।पबित्र कार्यमा निरन्तर लागिरहेको संस्थालाई आफ्नो उदेश्यमा कत्ती पनि बिचलित नभई अगाडी बढ्न आग्रह गर्दै स्थानिय सरकार र नगरपालिकाबाट हरतरहले पुर्ण रुपमा साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए।
अन्त्यमा कार्यक्रमका सभापति कृष्ण बहादुर पन्डितले बोल्दै गोकर्णेश्वर नगरपालिका भित्र निस्वार्थ भावनामा समाजसेवा गरिरहेका जो कोहिलाई पनि बिना प्रमाण अबरोध खडा गर्नेहरुलाई कानुनी कार्वाही गर्नुपर्ने बताएका थिए। वडाको तर्फबाट हुने सम्पुर्ण सहयोग गर्न आफू तत्पर रहेको बताउदै स्थानिय सरकारका प्रमुख तथा मेयर सन्तोष चालिसे स्वयं आई खाद्यान्न बितरण गरिदिनु भएकोमा धन्यबाद ब्यक्त गरेका थिए भने कार्यक्रम सफल बनाईदिन उपस्थित सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

May be an image of 4 people and people sittingMay be an image of 15 people, people standing and indoorMay be an image of 4 people, people sitting and indoor

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१