राजेन्द्र लिङ्देनले भने–‘कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण हो’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७८, बुधबार ०६:१५

काठमाडौं । राप्रपाका ध्यक्ष राजेन्द्र लिङदेनले पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकोमा आश्चर्य व्यक्त गरेका छन् । उनले थापाको उक्त निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । उनले थापाको पार्टी परित्यागलाई अनपेक्षित कदमको पनि संज्ञा दिएका छन् ।

पछिल्लो समय थापालाई भेट्न लिङदेन बुढानिलकण्ठस्थित् थापाकै निवास पुगेका थिए । उक्त भेटमा पार्टीलाई एकताबद्ध बनाउनेबारे लामो कुराकानी भएको कुरा महामन्त्री भुवन पाठकले जनाएका थिए । लिङ्देनले पनि थापासँगको भेटवार्तामा थापाले उठाएका मागलाई सम्बोधन गरेर जाने भन्ने विषयमा समझदारी भएको उल्लेख गरेका छन् ।

थापाले भने पार्टीभित्र सैद्धान्तिक विचलन देखा परेको भन्दै पार्टीबाट अलग हुने भनेर आजै घोषणा गरेका छन् । उनले राप्रपाका कोहीसँग पनि आफ्नो वैरभाव नरहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१