लगानी डुब्ने भन्दै राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार नगर्न आव्हान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ माघ २०७८, बुधबार ०६:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसम्बन्धी कुनैपनि कारोबारमा संलग्न नहुन आव्हान गरेको छ । आज सूचना प्रकाशित गरी क्रिप्टोकरेन्सीको प्रयोग, यससम्बन्धी लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आवद्ध हुँदा लगानी डुब्ने जोखिम र कानूनी झन्झट आउन सक्ने भन्दै कारोबार तथा व्यवसायमा संलग्न नहुने आव्हान गरेको हो ।

राष्ट्र बैंकले छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीसम्बन्धी व्यवसायमा संलग्न नहुने समेत भनेको छ । क्रिप्टोकरेन्सी अवैधानिक आर्थिक क्रियाकलाप भन्दै यसमा युवाहरु संलग्न हुँदा व्यक्तिगत जीवन र मुलुकको आर्थिक सामाजिक व्यवस्थामा समेत नकारात्मक असर पर्ने देखिएको भनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१