राष्ट्रपति चुरे संरक्षण समितिका सबै पदाधिकारी बर्खास्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ माघ २०७८, मंगलवार ०६:५८

काठमाडौं। सरकारले केपी शर्मा ओलीको पालामा भएका राजनीतिक नियुक्ति पाएकाहरुलाई बर्खास्त गर्ने सिलसिलालाई निरन्तरता दिएको छ । यस क्रममा आज मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीहरुलाई बर्खास्त गरेको छ ।

आज बसेको बैठकले अध्यक्ष डा. किरण पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोटी, शशिकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गरेको हो । मन्त्रिपरिषदमा वनमन्त्रीन्त्री रामसहाय यादवले प्रक्रिया मिलाएर बर्खास्त गर्न प्रस्ताव लगेका थिए । उनीहरुले पदीय अधिकार दुरुपयोग गरी आफ्नो जिल्लामा बजेट लगेको भन्दै स्पष्टिकरण सोधिएको थियो ।

मन्त्री यादवले पदाधिकारीहरुलाई राजीनामा दिन दबाब दिएपनि मानेका थिएनन् । त्यसपछि स्पष्टिकरण सोधेर उनीहरुलाई मन्त्रिपरिषदबाट बर्खास्त गर्ने निर्णयमा सरकार पुगेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१