अपाङ्गता केन्द्रमा निशुल्क स्वास्थ्य परिक्षण तथा ब्ल्याङ्केट वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ माघ २०७८, सोमबार ०५:११

काठमाडौं । युथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा निशुल्क स्वास्थ्य शिविर तथा ब्ल्याङ्केट वितरण गरेको छ। केन्द्रमा रहेका ८२ जना अपाङ्गता भएका व्यक्तिको आइतबार स्वास्थ्य परिक्षणपछि वल्याङ्केट वितरण गरिएको हो ।

डाक्टर्स होमसंगको सहकार्यमा स्वास्थ्य परिक्षण पश्चात औषधी समेत निशुल्क वितरण गरिएको युथ फर नेशनका अध्यक्ष डा. निकोलश भुषालले जानकारी दिए ।

केन्द्रका ३० जनाले दन्त,१२ जनाले विभिन्न किसिमका घाउ र ५ जनाले कानको परिक्षण गराएका छन् । ३५ जनाको श्वासप्रश्वास तथा हाडजोर्नी सम्बन्धी रोगको परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षणकै क्रममा अपाङ्गता केन्द्रमा मनोसामाजिक परामर्श समेत दिइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१