विवाहित महिला / पुरुष किन सल्किन्छन् अरुसित ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७८, शनिबार ०६:३७

एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध। दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ। बिवाहित पुरुष वा महिलाले शरीरिक वा मानसिक रुपमा परपुरुष वा परस्त्रि सँग सम्बन्ध बढाउनु हो। स्वभाविक हो, आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ। यो नहुनुपर्ने कुरा हो। तर हुन्छ, किन ? आखिर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् र आफ्नो वैवाहिक सम्वन्धलाई धरापमा पुर्‍याउँछन्?

 

रमाइलो र रोमान्सका लागि
युवा जोडीहरु चाँडै नै कुनै चिजबाट बोर हुन्छन्। दाम्पत्य सम्वन्धका हकमा पनि यही लागू हुन्छ। आफ्नो पार्टनरसँग बोर भएकाहरु जिन्दगीमा नयाँ रोमाञ्च सिर्जना गर्न तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन्। तर यो भुल्छन् कि यसबाट उनीहरुको जीवनमा ठूलो आँधिबेरी आउनेछ।

यौन आकांक्षाका लागि
धेरै अनुसन्धानले उजागर गरेको तथ्य के हो भने करिब ८० प्रतिशत पुरुषहरु आफ्नो यौनजन्य आकांषाको तृप्तिका लागि श्रीमतीलाई धोका दिएर परस्त्रीगमन गर्छन्। उनीहरु या त आफ्नो श्रीमतीबाट सन्तुष्ट हुन सकिरहेका हुँदैनन् वा नयाँ स्वाद चाख्ने मनसायमा हुन्छन्।

इगो प्रोब्लम
पुरानो जमानामा श्रीमती सँधै श्रीमानको नियन्त्रणमा रहन्थिन्, त्यसैले श्रीमानको गल्तीमा पनि औंला उठाउन डराउँथिन्। तर ,अहिले फरक अवस्था छ। श्रीमतीमा पनि म के कम ? भन्ने सोच हुन्छ। यदि श्रीमानले बाहिर कुनै स्त्रीसँग हिमचिम गरेको सुईको पाइन् भने त्यसको बदला लिन उनी पनि कुनै पुरुषसँग नजिकिन थाल्छिन्। कतिपय पुरुषहरु आफूप्रति केटीहरु क्रेजी हुन्छन् भन्ने श्रीमतीलाई देखाउनकै निम्ति पनि परस्त्रीगमनमा लाग्ने गरेको पाइन्छ।

 

बोरिङ सम्वन्ध
बिबाहको केही वर्षपछि घर-परिवार र बच्चाहरुको जिम्मेवारीका बीच जोडीहरु एक-अर्कासँग समय बिताउन पाउँदैनन्। श्रीमती बच्चा, अफिस र घरको काममा यसरी फस्छिन् कि श्रीमानका लागि समय नै निकाल्न सक्दिनन्। यसबाट सम्वन्धमा खल्लोपना र गहु्रंगोपना सुरु हुन्छ। यस्तो अवस्थामा कयौं पुरुषहरु परस्त्रीगमनतिर आकषिर्त हुन्छन्।

समाजमा आएको खुलापन
त्यसो त बिवाहेत्तर सम्वन्धलाई नयाँ जमानाको देन हो भनेर भनिहाल्न मिल्दैन। पहिले पनि यस्ता सम्वन्ध हुन्थे, तर यसमा आजजस्तो खुलेआम बहस हुँदैनथ्यो। आजकाल विवाहइतर सम्वन्धले मानिसहरुलाई स्तब्ध तुल्याउँदैन। यसलाई लिएर मानिसहरुको दृष्टिकोण सामान्य बन्दै गएको छ। समाजमा आएको यो परिवर्तनले पनि विवाह इतर सम्वन्धलाई बढावा दिन्छ साथै, अफिसमा पुरुष र महिला सँगै काम गर्दा एक-अर्काप्रति आकषिर्त हुने र प्रेम बस्ने सम्भावना रहन्छ।

साथीहरुबीच रवाफ जमाउन
कयौं विवाहित पुरुषहरु साथीसंगतिको प्रेरणा र उक्साहटमा घरबाहिर अफेयर गर्न पुग्छन्। यस्तो अफेयरले साथीहरुबीच आफ्नो ठूलो शान हुने भ्रम उनीहरुलाई परेको हुन्छ। अर्कोतर्फ पत्नीप्रति वफादार पुरुषलाई साथीहरुले ‘जोइटिंग्रे’ भनेर गिज्याउने पनि गर्छन्। त्यसबाट पनि उनीहरुलाई अफेयर राख्ने हौसला प्राप्त हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१