कलिला युवतीसँगको प्रेममा परेका बलिउड र हलिउड स्टारहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ माघ २०७८, शनिबार ०६:१४

एजेन्सी । हलिउड सिनेमा जगतको सबैभन्दा आकर्षणको केन्द्र । पैसा, शान, मान अनि चर्चासँगै मस्तीसँग हलिउडलाई जोड्ने गरिन्छ ।

हलिउडमा नायक नायिकाको व्यक्तिगत जीवनबारे निकै चासो हुनेगर्छ । पाका नायकहरु आफूभन्दा निकै कम उमेरका गर्लफ्रेन्ड बनाएर चर्चामा आउँछन् । आखिर किन हलिउड नायकहरुले आफूभन्दा निकै कान्छी युवतीहरु पाउँछन् ? चासो बन्न सक्छ ।

रक एन्ड रोल स्टार स्टेभेन टेलरले आफूभन्दा ४१ वर्ष कान्छी एमी अन प्रेस्टनलाई गलफ्रेन्डका रुपमा पाएका थिए । कला क्षेत्रमा भर्खर प्रवेश गरेकी प्रेस्टन टेलरको अंगालोमा बाधिएको तस्बिर सार्वजनिक भएको थियो ।

 

हलिउड स्टार लियोनार्दो डि काप्रियोलाई नचिन्ने कमै छन् । उनले आफूभन्दा २३ वर्ष कान्छी केमिल्ला मोरोनसँग पनि प्रेमसम्बन्ध गाँसेका थिए ।

हलिउड कलाकार अल पाकिनोकी गलफ्रेन्ड मिटल दोहान ३९ वर्ष कान्छी थिइन् ।

अर्का कलाकार सिन पेनले धेरै विवाह गरे । उनले म्याडोनासँग पनि विवाह गरे । वृद्धावस्थामा उनको प्रेमसम्बन्ध लिला जर्जसँग गाँसियो । पेनभन्दा जर्ज ३२ वर्ष कान्छी थिइन् ।

६५ वर्ष हुँदा डेनिस क्वेडले ३९ वर्ष कान्छी लाउरा साभोईसँग सम्बन्ध गाँसे ।

टम क्रुजको केट होल्म्ससँग प्रेमसम्बन्ध हुँदा १६ वर्ष उमेर अन्तर थियो । टमले कलिली केटसँग रोमान्स गरेका थिए ।

कम उमेरका प्रेमिका बनाउनेमा निकोलस केज पनि हुन् । उनले ३० वर्ष कान्छी रिको सिबाटा र २० वर्ष कान्छी एलिस किमसँग प्रेमसम्बन्ध बनाएका थिए ।

 

हलिउड कलाकार मेल गिब्सनको रोमान्स ३५ वर्ष कान्छी रोसालिन्ड रोजसँग भयो ।

हलिउडमा मात्र नभई बलिउडमा पनि कलाकारहरुको उमेर अन्तर देखिन्छ । रोमान्स, प्रेमसम्बन्ध र विवाह गरेका तथ्यांक हेर्दा प्रायः पुरुष कलाकार महिला कलाकारभन्दा निकै कान्छा हुने गरेको छ ।

बलिउड नायक दिलिप कुमारले सायरा बानुसँग विवाह गर्दा २२ वर्ष उमेर फरक थियो । बानुले जीवनको अन्तिम समयसम्म दिलिपकुमारलाई साथ दिइन् ।

बलिउड स्टार राजेश खन्ना ३१ वर्ष हुँदा १६ वर्षकी डिम्पलसँग प्रेममा परे । राजेशको नाम र शानले डिम्पललाई तान्यो । किशोरावस्थाकी डिम्पलले आफूभन्दा झण्डै दोब्बर उमेरका राजेश खन्नासँग विवाह गरे । तर, यो विवाहमा निकै गतिरोधहरु आए । राजेश खन्ना जीवनको अन्तिम समय डिम्पलबाट छुट्टिएरै दिवंगत भए ।

 

बलिउड स्टार सञ्जय दत्तले आफूभन्दा १९ वर्ष कान्छी मान्यता दत्तसँग प्रेम सम्बन्ध हुँदै विवाह गरे । मान्यता सामान्य परिवारकी हुन् । सञ्जयले दोस्रो विवाह मान्यतासँग गरे । उनीहरुका जुम्ल्याहा छोरा छन् । सञ्जयकी पहिलो पत्नीको क्यान्सरबाट निधन भएको थियो ।

हिमामालिनी धर्मेन्द्र भन्दा १३ वर्ष कान्छी छिन् । हिमामालिनीले धर्मेन्द्रको पहिलो पत्नी हुँदा हुँदै दोस्रो पत्नी बनिन् । उनीहरुका दुई छोरी छन् ।
सैफ अली खानले करिना कपूरसँग दोस्रो विवाह गरेका हुन् । करिना सैफभन्दा १० वर्षले कान्छी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१