देउवाले प्रचण्ड र नेपालसँग मागे एमसीसीमा सुधार गर्नुपर्ने बुँदाहरु ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० माघ २०७८, बिहीबार ०६:१५

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानमा टसमस नहुने भएका छन् । उनले सत्ता गठबन्धन जोगाएर या अन्य विकल्पबाट एमसीसी पारित गर्ने हुन् भन्ने चासो बनेको छ ।

देउवा सकेसम्म गठबन्धन जोगाउने पक्षमा छन् । उनले आफूलाई बालुवाटारमा भेट्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी पारित गर्न तयारीका लागि आग्रह गरेका थिए । तर, प्रचण्ड र नेपालले केही बुँदा संशोधन गरेमा सकारात्मक बन्ने जवाफ दिएको बुझिएको छ ।

देउवाले प्रचण्ड र नेपाललाई कुन कुन बुँदा संशोधन गर्नुपर्ने लाग्छ त्यो लिखित रुपमा दिन भनेको बुझिएको छ । केही संशोधन गरेमा आफूहरुलाई सजिलो हुने प्रचण्ड र नेपालले भनेपछि देउवा सकारात्मक भएको बुझिएको छ । नेता नेपालले पनि मध्यमार्गी बाटो खोज्नुपर्नेमा जोड दिएका थिए ।

एमसीसी संशोधनबारे देउवा सकारात्मक भएपनि त्यसमा के हुने हो चासो बनेको छ । तर, देउवा यथास्थितिमै एमसीसी पारित गर्ने पक्षमा छन् । प्रचण्ड र माधव नेपाल भने संशोधन गरेर सजिलो बनाइदिन आग्रह गरिरहेका छन् । गठबन्धन टुटाउने पक्षमा दुवै नेता छैनन् ।

एमसीसीबारे प्रचण्ड र माधव नेपाल सकारात्मक भएबाट नयाँ घटनाक्रम विकास भएको छ । यसले गठबन्धन तोडिएर ओली पुनः शक्तिशाली बन्ने सम्भावना तत्काल टर्ने अवस्था बनेको छ । तर, प्रचण्डलाई एमसीसीबारे पार्टीभित्र मनाउन कठिन छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१