स्थानीय तहको निर्वाचनको लागि १२ अर्ब लाग्ने आयोगको अनुमान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७८, बुधबार ०६:१४

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्नको लागि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आज (मंगलबार) सरकारलाई बुझाएको ६ बुँदे प्रस्तावमा आयोगले यस्तो उल्लेख गरेका छन् ।

आयोगले एकै चरणमा स्थानीय तहको निर्वाचन नभए त्यो भन्दा पनि बढी खर्च लाग्ने पनि बताएको छ । आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने पनि उल्लेख गरेको छ ।

आजमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका थिए । उक्त छलफलमा स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते नै गर्नेबारे सहमति भएको जनाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१