गठबन्धनकै सहमतिमा निर्वाचनको मिति सिफारिश भएको हो, यथास्थितिमा एमसीसी पारित हुँदैन् : पूर्व प्रधानमन्त्री खनाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ माघ २०७८, बुधबार ०६:११

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको सहमतिमै स्थानीय तहको निर्वाचनको मिति सिफारिश गरिएको बताएका छन् ।

सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी भएपछि नेता खनालले रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलालाई दिएको प्रतिक्रियामा यस्तो बताएका हुन् ।

उनले भने,‘स्थानीय तहको निर्वाचनको मिति सिफारिशमा हाम्रो सहमति छ, गठबन्धनमा भएको सहमति अनुसार नै मिति सिफारिश भएको छ । यो सकारात्मक कुरा हो । मैले त प्रधानमन्त्रीजीलाई जेठ ६ गते नै निर्वाचन गराउँदा राम्रो हुन्छ भनेको थिएँ, जे भएपनि स्थानीय तहको निर्वाचनबारे गवठबन्धनमा राम्रो समझदारी छ ।’ उनले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन एकसाथ जाने सुनाए । चुनावसम्मै गठबन्धन कायम रहने कुरामा कुनै शंका नगर्न खनालको आग्रह थियो ।

नेता खनालले अमेरिकी सहयोग सम्झौता एमसीसी भने यथास्थितिमा पास नहुने जिकिर गरे । एमसीसी सम्झौतासम्बन्धी कतिपय महत्वपूर्ण दस्तावेजहरु भर्खरै हात परेको र अध्ययन भैरहेकोले अहिले हतार नगरिने उनको भनाई छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी तत्काल पास गराउने कुरा गरेको उनले सुनाए । उनले तत्काल एमसीसी पारित नहुने र यसबारेमा गठबन्धनमा छलफल भैरहेकोले एउटा निश्कर्षमा पुगिने सुनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१