एउटा कोसा केरा खानुस्, यी एक दर्जन फाइदा पाउनुस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०७८, मंगलवार २०:१९

अमेरिकाको अलाबामा विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार लगातार एक महिनासम्म केरा खानले मानिसमा दमको खतरा कैयौँ गुणा कम हुन्छ । तर केराको फाइदा यत्तिमा मात्र सिमित छैन ।

पाचन क्रियामा सुधार देखि लिएर रक्तचाप सन्तुलन सम्मका फाइदा केराबाट प्राप्त गर्न सकिन्छ । विश्वभरका अनेकन अनुसन्धानरुले केरालाई सुपर हेल्दी फुड मानेका छन् । दिनहुँ एक कोसा केरा खानुका फाइदा यी हुन्:

 

१. केरामा एन्टी एजिंग गुण हुन्छ । यसमा भिटामिन सी पाइन्छ । तयसैले केरा खानाले छालाको चमक बढ्नुका साथै वैँशमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुन्छ ।

२. केरामा भरपूर फाइबर हुन्छ । त्यसैले केरा खानाले पाचन क्रियामा सुधार आउँछ । कब्जियत तथा एसिडीटीको समस्या कम हुन्छ ।

३. केरा खानाले तत्कालै इनर्जी प्राप्त हुन्छ । दिनहुँ केरा खानाले कमजोरीको समस्या दूर गर्दछ ।

४. केरामा पर्याप्त डायटरी फाइबर पाइन्छ जसले रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्दछ । यसले रक्तअल्पताको समस्या कम हुन्छ ।

५. केरामा पर्याप्त फाइबरका साथै पोटासियम, क्याल्सियम, भिटामिन सी तथा भिटामिन बी सिक्स पाइन्छ । नियमित रुपमा केरा खानाले मुटु स्वस्थ हुने तथा कोलेस्ट्रोल समेत नियन्त्रण हुन्छ ।

६. केरामा भिटामिन बी सिक्स पर्याप्त मात्रामा पाइने हुनाले त्यसले मस्तिष्कलाई तिक्ष्ण बनाउन र स्मरण क्षमता बढाउन सहयोग गर्दछ ।

७. केरामा पर्याप्त पोटासियम हुने हुनाले यसले सरीरमा सोडियम सन्तुलन गर्ने तथा उच्च रक्तचापको समस्या क मगर्न सयहेाग गर्दछ ।

८ . केरामा पाइने म्याग्नेसियम तथा पोटासियमका कारण मुत्रअंग सम्बन्धी संक्रमणको खतरा क मगर्न पनि केराको सेवन लाभदायी हुन्छ।

९. केरामा पाइने टि्रप्टोफेन नामक तत्वले मानिसको मूड राम्रो बनाउन तथा तनाव भगाउन सहयोग गर्दछ ।

१०. केरामा पाइने क्यारोटिनोइड्सले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ । त्यसैले नियमित केरा खानाले रुघाखोकी तथा अन्यखाले सक्रमणको जोखिम कम हुन्छ ।

११. केरामा पाइने क्याल्सियमले हड्डीलार्य स्वस्थ तथा मजबुत बनाउन सहयोग गर्दछ ।

१२. केरामा पर्याप्त मात्रामा फस्फोरस तत्व पाइन्छ । यसले दाँतलाई स्वस्थ राख्नुका साथै मुखका विभिन्न खाले रोगको खतरा कम गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१